find Top Achievers,Up-liners N down-liners here

Saturday, July 31, 2010

unity life international

साउन ९ गते नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशित जन युनिटीमा आन्दोलन -शीर्षक समाचारप्रति जनयुनिटी अस्पताल लेखा शाखाको गम्भीर ध्यान आकर्षण भएको छ।




सो समाचार सत्यतथ्यमा आधारित नभएको व्यहोरा निम्नअनुसार जानकारी गराइन्छ। यो अस्पताल सुचारु रुपमा साचालनमा रहेको अवधिमा अस्पतालमा भएको आम्दानी फिना वल्र्ड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको खाता नं. १००८६ मा जम्मा गिरंदै आएकोमा मिति २०६७ जेठ ४ गतेदेखि नै सहकारी डिभिजन कार्यालयले कारोबार बन्द गर्ने आदेश दिएकोले अस्पतालको खातासमेत रोक्का रहेको २०६७ जेठ ४ गतेदेखि नै अस्पताल आंशिकरुपमा बन्द भएकाले आम्दानी अत्यन्त न्यून भएको अवस्थामा पनि अस्पतालमा कार्यरत कर्मचारीहरुलाई २०६७ वैशाख महिनाको तलब भुक्तानी गर्दा अस्पताल बन्द हुने अवस्था सिर्जना भएकाले अस्पताल बन्द हुन सक्ने जानकारीसमेत गराइएको थियो।



२०६७ जेठ ४ गतेदेखि असार २१ गतेसम्मको लेखा शाखामा जम्मा हुन आएको आम्दानी रु. १२०६३२५।- भएको र ०६७ असार २२ देखि अस्पताल बन्द हुँदाका दिनसम्मको आम्दानी अस्पतालको क्यास काउन्टरमा बस्ने रचना पौडेलसँग रहेको र निजले हालसम्म पनि लेखा शाखामा नबुझाई आफ्नै जिम्मामा राखेको अवस्थामा छ। अस्पताल कर्मचारी युनियनका अध्यक्ष खुमा घर्ती मगरले आफूले जेठ महिनाको तलब बुझिलिई अन्य कर्मचारीहरुलाई तलब नलिन दबाब दिइ आन्दोलन गर्न उक्साएको कारणले केही कर्मचारीलाई जेठ महिनाको तलब दिन बाँकी रहेको हो।



अस्पतालका मेनेजर लामो समयदेखि अस्पतालमा अनुपस्थित रहेको अवस्थामा अस्पतालको सम्पत्ति बेचेको र हिनामिना गरेको भन्ने आरोपसमेत निराधार कपोलकल्पित र सुनियोजित छ। अस्पतालको सिटीस्क्यान एमआरआई मेशिन र अन्य सामानहरु अस्पतालमा नै सुरक्षित रहेकोले कुनै पनि भ्रममा नपर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

(जनयुनिटी अस्पताल), लेखा शाखा सामाखुशी

No comments:

Post a Comment